ट्याक्सी गुड्न पाउने भएको हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2020 | 01:28:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लकडाउन सहज पारेसँगै काठमाडौँका सडकमा सवारीसाधनको चाप बढेको छ । सरकारले जोर बिजोर आधारमा निजि सवारी संचालन गर्ने अनुमति दिएसँगै चाप बढेको हो ।

तर निजि सवारी सँग सँगै सडकमा भाडाका ट्याक्सीहरु समेत गुड्न थालेका छन् । फाट्टफुट्ट ट्याक्सी गुडेको देखेपछि सर्वसाधारणहरु ट्याक्सी पनि खुला गरिएको अनुमान गर्न थालेका छन् । महानगरिय ट्राफिक प्रहरी महाशाखाले भने अहिले ट्याक्सी गुडाउने अनुमति नभएको र गुडाएमा कारवाही जनाएको छ ।  

महाशाखाका अनुसार सरकारले ट्याक्सीको हकमा तोकेर नै गुड्न नपाउने जनाएको छ । तर पनि लामो समयदेखिको लकडाउनले रोजी रोटी नै खोजिएकोले ट्याक्सी चालकहरुले सरकारी निर्णय अवज्ञा गर्न थालेका छन् । सार्वजनिक यातायात अन्तर्गतको सवारीलाई अहिले सञ्चालन गर्न अनुमति छैन । तर ट्याक्सीहरुले नियम विपरीत यात्रु ओसार पोसार गर्न थालीसकेका छन् । 

यसरी लकडाउनको उल्लङ्घन गरेर सडक तिर लुकिछिपि निस्केका ट्यक्सिहरुलाई कारवाही तिब्र पारिएको महाशाखाले जनाएको छ ।  लकडाउनको उल्लङ्घन गर्सदै चलाएका २९ सय २७ वटा ट्यक्सि कारवाहीमा परिसकेको महाशाखाका प्रमुख भिम प्रसाख ढकाल बताउछन् । प्रमुख ढकालका अनुसार आज बिहिबार दिउँसो १२ बजेसम्ममा १६८ वटा ट्याक्सी कारवाहीमा परीसकेका छन् । त्यस्तै असार १० गते लकडाउन उल्लङ्घन गर्ने ४०८ वटाट्याक्सी कारवाहीमा परेको ढकालले जानकारी दिए ।

‘लकडाउन उल्लङघन गर्दै निस्केका ट्याक्सीलाई हामि कुनैपनि हालतमा कारवाही गर्ने गर्छौ, तर सिरियस विरामि बोकेर हिडेकाहरुलाई मानवताका आधारमा सहजीकरण गर्ने गरेका छौं ।’ प्रमुख ढकालले भने । उनले ट्याक्सी चालकहरुलाई सरकारी निर्णयको अवज्ञा गरेर ट्याक्सी नचलाउन पनि आग्रह गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved