मन्त्री भट्टराईको चेतावनी, ‘राम्रो काम नगर्ने कर्मचारीलाई पाल्न सकिँदैन, बलपूर्वक हटायो नभन्नु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2020 | 04:04:53 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले कार्यसम्पादनमा कमजोर देखिएका कर्मचारीलाई साउनबाट हटाउने चेतावनी दिएका छन् । आइतबार मन्त्रालयमा आयोजित सिनियर मेनेजमेन्ट टिम (सीएमटी) को बैठकमा मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको सुरुवातबाटै कार्यसम्पादनमा कमजोर देखिएका कर्मचारी हटाउन सुरु गरिने बताएका हुन् ।

‘अहिल्यै मैले पूर्व सूचना गरेको छु, साउनबाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौं । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ । त्योबेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला’ मन्त्री भट्टराईले भने । उनले थपे, ‘तपाईहरुले सचिवसँग कार्यसम्पादनको सम्झौता गर्नुपर्छ । सम्झौताअनुसार काम भए÷नभएको हरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कारबाही जे गर्नुपर्ने हो त्यो गरिन्छ ।’

उनले चालू वर्षमा सम्पन्न हुन बाँकी सबै काम १५ दिनभित्र सक्न पनि निर्देशन दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved