बागमतीका ८ जिल्लामा पुग्यो सलह, सयौ रोपनीको मकै सखाप

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Jun 29, 2020 | 07:49:04 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतबाट सलह कीरा नेपाल प्रवेश गरेसंगै नेपाली किसानहरु चिन्तित भएका छन् । सलहले नेपालको विभिन्न ठाउहरुमा प्रवेश गरेर क्षति पुर्याउन सुरु गरीसकेको छ । देशका विभिन्न जिल्लामा प्रवेश गरेको सलहले बगमती प्रदेशको मकवानपुर जिल्लामा पनि क्षति पुर्याएको बागमती प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारीका अनुसार मकवानपुरको विभिन्न पलिकाहरुमा सलह प्रवेश गरिसकेको र केही स्थानमा भने क्षति पुर्याउन थालेको छ । मकवानपुरको बकैया गाउँपालिका, मनहरी गाउँपालिका, बागमती गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा सलह प्रवेश गरेको अधिकारीले जानकारी दिएका छन् । जिल्लाको मकवानपुरगढी गाउँपालिकामा भने सलहले अत्याधिक क्षति पुराएको र बाँकि गाउँपलिकामा खासै क्षति नपुगेको उनले बताए । मकवानपुरगढीको वडा नम्बर २, ३, ६, ७ र ८ मा सलह देखा परेको भएपनि ७ नम्बर वडामा धेरै क्षति पुर्याएको अधिकारीको भनाई छ । अधिकारीका अनुसार सलहले ७ वडाको एक हजार रोपनी जमिनमा लगाइएको मकै बाली नष्ट गरेको छ । ३ वटा झुण्डमा हजारौं संख्यामा रहेको सलहाले ७ वडाको मकैबाली लगायत बनहरुमा पनि बसेको सुचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।

उनले भने, ‘एक हजार रोपनीमा लगाएको मकै बालीमा क्षति पुर्याएको सलह बन जङ्गलमा पनि बाक्लो मात्रामा रहेका छन् । बनको विशेषगरी चिलाउनेको बोट तथा बाँसको झ्याङ्गमा पनि यो कीरा देखिएको छ ।’ एक स्थानमा करिब २/३ दिन रहने र त्यस क्षेत्रको बालि खाएर सकिसकेपछि अन्यत्र स्थानन्तरण हुने उनले बताए ।

हावाको वेगको दिशामा प्रवेश गर्ने यो किरा मकवानपुरमा दक्षिण दिशाबाट गत शनिबार प्रवेश गरेको हो । उनका अनुसार मकवानपुरबाट हावाको वेग पुर्व दिशातर्फ बहेकोले सलह अब सोहि दिशातिर जानसक्ने अनुमान रहेको छ । मकवानपुरगढीमा प्रवेश गरेको २/३ दिन भैसकेकाले अब त्यस स्थानबाट स्थानन्तरण हुने अनुमान रहेको उनले बताएका छन् । 

बागमती प्रदेशको पाँच जिल्लबाहेक सबै जिल्लमा सलह प्रवेश गरीसकेको उनले जानकारी दिए । उनका अनुसार बागमतीका नुवाकोट, रसुवा, दोलखा, सिन्धुपाल्चोक र भक्तपुर जिल्ला बाहेक सबै जिल्लामा पुगिसकको छ । काठमाडौंको दक्षिणकालि नगरपालिका, ललितपुरको महालक्ष्मी नगरपालिका र काभ्रेको बनेपा र खानीखोलामा सलह प्रवेश गरेको अधिकारीले जानकारी दिएका छन् । त्यस्तै रामेछापको मन्थली नगरपालीका, सिन्धुली, धादिङ, चितवन जिल्लामा सलह प्रवेश गरेको उनको भनाइ छ । मकवानपुर बाहेकका अरु जिल्लामा भने खासै क्षति नपुर्याएको उनले बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved