अर्घाखाँची पुग्यो सलह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2020 | 08:48:12 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्घाखाँची जिल्लामा सलह  देखिएको छ ।  चार पालिकाका विभिन्न क्षेत्रमा सलह देखिएको हो । शीतगङ्गा नगरपालिकाका सबैजसो वडामा सलह देखिएको छ ।  सुवर्णखाल,  सिद्धारा, ठाडादह, अमराई, कोप्चिबास, भेडामारे, सिमलपानी, जुकेना, सीतापुर, झिर्रा, मन्द्रेलगायत क्षेत्रमा सलह देखिएपछि स्थानीयवासीले धुवाँ लगाएर तथा थाल पिटेर भगाउने प्रयास गरेका छन् । 

भूमिकास्थान नगरपालिकाका धनचौर, ढिकुरा, ढाकावाङ र  नुवाकोट, सन्धिखर्क नगरपालिकाको किमडाँडालगायत तथा पाणिनी र मालारानी गाउँपालिकामा विभिन्न क्षेत्रमा पनि सलह आएर  मकै र तरकारीबाली नष्ट गरेको किसानले गुनासो गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved