बिजपाटी सम्बाददाता     Jun 29, 2020 | 09:15:03 PM


मन्त्रिपरिषदको बैठकले हाल कायम रहेकै जस्तो लकडाउन साउन ७ गतेसम्म कायम गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले हालकै जस्तो लकडाउनलाई साउन ७ सम्म  निरन्तरता दिने निर्णय गरेको हो । 

कोरोना भाइरसका संक्रमित थपिने क्रम बढ्दै गएकाले हाललाई यही शैलीको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय भएको एक मन्त्रीले बताए । 

सरकारले असार १ देखि लकडाउन खुकुलो बनाएको थियो ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका