चीनमा भेटियो अर्को खतरनाक भाइरस, महामारी फैलने चिन्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2020 | 11:37:09 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनमा फेरी अर्को नयाँ भाइरस देखा परेको छ । बैज्ञानिकहरुले उक्त भाइरसले महामारीको रुप लिन सक्ने दाबी गरेका छन् । बैज्ञानिकहरुका अनुसार अहिले सुँगुरमा पाइएको उक्त  फ्लू भाइरस मानिसमा पनि सर्न सक्नेछ । बेलैमा नियन्त्रणको प्रयास नगरिएमा त्यसले पनि महामारीको रुप लिन उनीहरुले चेतावनी दिएका छन् ।

भाइरस नयाँ हुँदा मानिसमा त्यससँग लड्ने क्षमताको विकास भएको हुँदैन, सोही कारण धेरैमा फैलिने र जोखिम हुने गर्छ । सुँगुरमा देखिएको नयाँ भाइरस सम्बन्धी प्रारम्भीक अध्ययन प्रतिवेदन नेशनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकाशित भएको छ । 

भाइरस थप परिवर्तन भएर त्यसपछि मानिसमा सहज रुपमा सर्ने सक्ने  सो भाइरस व्यक्तिबाट अर्को व्यक्ति सर्न सक्ने बताईएको छ । वैज्ञानिकहरुले तत्कालका लागि यो समस्याको विषय नभएपनि भाइरसलाई नजिकबाट नियाल्नु पर्नेमा वैज्ञानिकको जोड दिएका छन् । ‘तत्कालै यो समस्या नभएको तर यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने बन्ने सबै गुण पाइएको र यसको नजिकबाट अनुगमन गर्न जरुरी रहेको अनुसन्धानकर्ताले बताएका छन् ।

विश्वले हालको कोरोनाभाइरस महामारीको अन्त्य गर्ने प्रयास गरे पनि इन्फ्लूएन्जाको नराम्रो चोट लाग्ने यो नयाँ भाइरसको खतरा रहेको वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।  

यो भाइरस कस्तो छ ?

यो नयाँ भाइरस सन् २००९ मा फैलिएको स्वाइन फ्लूसँग मिल्दोजुल्दो छ। तर यसमा केही भिन्नताहरू पनि छन्। यो अहिले फैलिएको त छैन तर यसबारे अनुसन्धान गरिरहेका प्राध्यापक किन-चाउ चाङ र उनका सहकर्मीहरूका अनुसार यसलाई निगरानीमा राख्नुपर्छ । अनुसन्धानकर्ताहरुले उक्त भाइरसलाई'जीफर इए  एचवानएनवान'भन्ने गरेका छन्। उक्त भाइरस मानिसको श्वासनलीमा भएका कोषमा बढ्न र फैलिन सक्छ।

उनीहरूले वधशाला र सुँगुरपालनसँग सम्बन्धित कृषि उद्योगमा कार्यरत मानिसहरूमा त्यो भाइरसले सङ्क्रमण गरेको प्रमाण फेला पारेका छन्।अहिले उपलब्ध फ्लूका खोपहरू यो भाइरसविरुद्ध प्रभावकारी छैनन्।

यूकेको नटिङघम यूनिभर्सिटीमा कार्यरत प्राध्यापक किन-चाउ चाङले बीबीसीलाई भने, “अहिले कोरोनाभाइरसका कारण हाम्रो ध्यान मोडिएको छ। तर हामीले सम्भावित खतरनाक नयाँ भाइरसलाई बेवास्ता गर्नु हुँदैन।”


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved