लक्ष्यभन्दा दोब्बर राजस्व

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2020 | 01:48:23 PM मा प्रकाशित

laxmi  sunrise bank

भन्सार कार्यालय सिरहाले चालू आर्थिक वर्ष ०७६।७७ सकिनुअगावै लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गरेको छ । लकडाउनका कारण भन्सारमा शिथिलता आए पनि ठाडी भन्सारले लक्ष्यभन्दा देब्बर राजस्व सङ्कलन गरेको हो ।

भन्सार कार्यालयले चालू आव २०७६।७७ सकिन केही दिन बाँकी रहँदै सात करोड १६ लाख ७९ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख नरेश साहले जानकारी दिए । लकडाउनमा राहत सामग्रीको आयात बढेकाले राजस्व सङ्कलन बढेको प्रमुख साहको भनाइ छ । 

चालू आव २०७६।७७ मा चार करोड ७९ लाख लक्ष्य तोकिएकामा हालसम्म उक्त राजस्व सङ्कलन भएको हो ।  लकडाउनमा राहत दिन भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved