सामुदायिक विद्यालयमा अध्ययन गर्नेलाई साइकल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2020 | 03:26:21 PM मा प्रकाशित

laxmi  sunrise bank

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सरावल गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप साइकल प्रदान गरिएको  छ । गाउँपालिकाका १० सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरीब र विपन्न समुदायका ५५ जेहेन्दार छात्रछात्रालाई साइकल प्रदान गरिएको गाउँपालिकाले जनाएको  छ  ।

शिक्षामा छात्रछात्राको पहुँचमा थप सहजता पु¥याउने उद्देश्यले  सबै विद्यालयबाट जेहेन्दार विद्यार्थी छनोट गरी साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिए । कार्यक्रम अन्तर्गत  प्रदेश सरकारले उपलब्ध गराएको विशेष अनुदान कार्यक्रमबाट गाउँपालिकाले साइकल प्रदान गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved