काठमाडौंका थप ३२ जनामा कोरोना संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2020 | 04:31:58 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार काठमाडौं उपत्यकाका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा काठमाडौंका १७ महिला र ११ पुरुष, भक्तपुरका २ पुरुष र ललितपुरका २ पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

उनीकहरुको स्वाब काठमाडौंको विभिन्न अस्पतालहरुमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । यस्तै हिजो पनि काठमाडौं उपत्यकाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय काठमाडौँमा कोरोनाका संक्रमितहरु बढ्दै गएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved