प्रदेश १ मा ११ जना सङ्क्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2020 | 08:02:29 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश १ मा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चार महिला र सात पुरुष गरी ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र काठमाडौँको टेकुमा गरिएको परीक्षणमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  

मोरङमा छ, सुनसरीमा तीन, खोटाङ र झापामा एक÷एक  जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश नं। १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६१५  पुगेको छ । अहिलेसम्म ४०० जना उपचारपछि निको भएर घर फर्किएका छन् । आज देखिएका सङक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको व्यवस्थापनको काम भइरहेको मन्त्रालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved