बिजपाटी सम्बाददाता     Jul 03, 2020 | 08:03:51 PM


tansen

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयलाईन्स खुलाउन आवश्यक पूर्व तयारी गर्नुपर्ने बताएका छन् । शुक्रबार विभिन्न नौ पर्यटन ब्यवसायी संगठनहरुको माग तथा सुझाव बुझदै मन्त्री भट्टराईले सो कुरा बताएका हुन् । 

मन्त्री भट्टराईले कोरोना संक्रमित कम भएको देशबाट हवाई सेवा सञ्चालन गर्न सकिने संकेत गदै नेपाल पर्यटन बोडसँग स्वास्थ्य प्रोटोकल र अन्य देशको उदाहरण हेरर प्रस्ताब लिएर आउन ब्यवसायीलाई आग्रह गरका हुन् । मन्त्री भट्टराईले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिदै भने ‘तपाईहरु स्वास्थ्य प्रोटोकल सहितको प्रस्ताब लिएर आउनुहोस म सिसिएमसि र क्याविनेटमा लगेर निर्णय गर्ने कोसिस गर्नेछु ।’ 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7