शनिबार दिउँसो काठमाडौँका यी स्थानमा बिजुली नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2020 | 11:07:35 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार महाराजगञ्ज क्षेत्रमा बिद्युत आपुर्ति अवरुद्द हुने भएको छ । नेपाल बिद्युत प्राधिकरणका अनुसार महाराजग‌ंज  वितरण केन्द्रको चपलि सबस्टेशन तारेभिर फिडरबाट वितरीत लाइन बुढानिलकण्ठ नगरपालिका ३ को निलोपुल विराट सुजदेखि मोहनपोखरी सडकखण्डमा सडक विस्तार कार्यको लागी विद्युतिय संरचना व्यवस्थापन गर्नुपर्ने भएकोले शनिबार विहान ९ बजेबाट साँझ ५ बजेसम्म बिजुलीको आपुर्ति अवरुद्द हुने छ । 

प्राधिकरणले सूचना जारी गर्दै मुहानपोखरी, गैरीगाउँ, सिमलिगाउँ, पौडेलचोक, विराटसुज लगायतका क्षेत्रहरुमा विद्युत आपुर्ती  बन्द हुने जनाएको छ । 

त्यस्तै कुलेश्वर वितरण केन्द्र अन्तर्गतको कलंकीदेखी ढुंगेधारासम्मको चक्रपथ विस्तार कार्यका लागि स्वीचाटार पुलबाट सितापाइला चोकसम्मको सडकको दायाँ बायाँको पुरानो विद्युतीय संरचना (एच टी एल टी लाइन) हटाउने काम गर्न शनिबार विहान ११ बजेबाट साँझ ५ बजेसम्म स्वीचाटार स्वयम्भु फिडर सट डाउन हुने प्राधिकरणले जनाएको छ । उक्त फिडर अन्तर्गत सितापाइला, बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फेक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायतका क्षेत्रमा विद्युत आपुर्ती बन्द हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved