सार्वजनिक सवारी चलाउने निर्णय भएको छैन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2020 | 11:31:25 AM मा प्रकाशित

laxmi  sunrise bank

भोलि आइतबारदेखी सार्वजनिक यातायात संञ्चालनमा आउने भन्ने समाचार प्रकाशित भएपछि यातायात व्यवसायी महासंघले त्यस्तो कुनै निर्णय नभएको जनाएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव एवम् प्रवक्ता सरोज सिटौलाले असार २१ गतेदेखी सार्वजनिक यातायात चल्ने भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका हुन् । 

उनले फेसबुकमार्फत सार्वजनिक यातायात सञ्चालनमा आउने सम्बन्धी समचारको खण्डन गरेका हुन् । ‘नेपालका केही सञ्चारमाध्याम मार्फत यहि असार २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भन्ने सुन्नमा आएपनि महासङ्घले यसबारे कुनै निर्णय नगरेको स्पष्ट पार्न चाहन्छु’ उनले फेसबुकमा लेखेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved