आइएलओद्वारा एनआरएनएलाई ५ करोड अनुदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2020 | 08:18:14 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले कोभिड–१९ सँग लड्नका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई चार लाख २४ हजार ३१० डलर (करीब पाँच करोड १० लाख) अनुदान दिने भएको छ । आइएलओ र एनआरएनबीच अनुदान कार्यान्वयनसम्बन्धी सम्झौतासमेत भइसकेको छ । 

एनआरएनको अध्यक्ष कुमार पन्तले लामो समयको प्रयासपछि उक्त सम्झौता भएको भन्दै गैरआवसीय नेपाली उत्साहित र हर्षित रहेको बताए । “सङ्घको पहलमा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार भइरहँदा श्रमिकका लागि अनुदान रकम उपलब्ध हुनुलाई हामीले थप जिम्मेवारी बोधका रुपमा लिएका छौँ”, उनले भने ।

आइएलओले विशेषगरी कोभिड–१९ बाट प्रभावित मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब गरी चार देशका नेपालीको सहयोगार्थ उक्त आर्थिक सहयोग गरेको हो । कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा उक्त रकम खर्चिने अध्यक्ष पन्तले जानकारी दिए । 

सङ्घले ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारीसमेत गरेको छ । ती कार्यालयबाट विदेशमा कोरोनाकै कारण काम छाड्न बाध्य पारिएकालाई सुरुमै कानूनी परार्मश दिने पनि सङ्घको तयारी छ । आइएलओबाट प्राप्त सहयोग नेपाल फर्किनेका लागिसमेत खर्च गरिने सङ्घले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved