सोमबार काठमाडौँका यी स्थानमा ७ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2020 | 10:46:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार राजधानीका विभिन्न स्थानमा ७ घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कुलेश्वर वितरण केन्द्र अन्तर्गतका स्थानमा एच टी लाइनकाे कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गर्नु पर्ने भएकाेले विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

प्राधिकरणका अनुसार सोमबार कुलेश्वर वितरण केन्द्र अन्तर्गतकाे टेकु - थानकाेट तथा टेकु - तहाचल फिडरकाे टेकु सबस्टेशन  देखी विष्णुमती खाेला सम्मकाे  एच टी लाइनकाे कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गरिन लागेको हो ।   यसका कारण उक्त फिडर अन्तर्गत कुलेश्वर, रवी भवन ,लिंक मार्ग, कालिमाटी, तहाचल,टंकेश्वर, चमती, विजेश्वरी, डल्लू लगायतका   क्षेत्रहरुमा  विहान १० बजेबाट साँझ ५ बजेसम्म बिद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।   

प्राधिकरणकी सूचना अधिकारी लिला अर्यालले यी कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुने जनाएकी छिन् ।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved