तनहुँमा ६७ जनाले जिते कोरोना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2020 | 05:07:20 PM मा प्रकाशित

laxmi  sunrise bank

तनहुँमा हालसम्म ६७ जनाले कोरोना जितेर घर फर्किएका छन् । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनबाट सोमबार एकैदिन ३२ जनाले कोरोना जितेर घर फर्किएसँगै उक्त सङ्ख्या पुगेको हो । 

उक्त आइसोलेशनमा बस्दै आएकामध्ये सबैभन्दा बढी ऋषिङ गाउँपालिकाका बासिन्दा १८, म्याग्दे गाउँपालिकाका छ, व्यास नगरपालिकाका पाँच र भानु नगरपालिकाका तीन जना रहेका छन् । आइसोलेशनमा रहेका उनीहरुको दोस्रो पटकको पिसिआर परीक्षण गर्दा रिपोर्टमा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको व्यास नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले बताए । 

भारतबाट आएका उनीहरु दुई हप्तादेखि क्याम्पसको आइसोलेशन रहेर उपचार गराउँदै आएका थिए । 

भारतबाट फर्किएर पालिकाले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा स्थान्तरण गरी उपचार थालिएको थियो । क्याम्पसको आइसोलेशनमा रहेका अन्य छ जनाको उपचार भइरहेको छ । जिल्लामा असार हालसम्म १४० जना कोरोना सङ्क्रमित पुगेका छन् भने उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या पनि बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved