मिनभवनमा सर्‍यो अपराध महाशाखाको कार्यालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2020 | 05:41:46 PM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय अपराध महाशाखा मिनभवन सरेको छ । यसअघि टेकुमा रहेको महाशाखाको कार्यालय मिनभवनस्थित नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फको भवनमा सरेको हो । टेकुमा नयाँ भवन निर्माण गर्न लागिएकाले आइतबारबाट मिनभवनमा सरिएको महाशाखाले जनाएको छ ।

टेकुमा आफ्नै हिरासत कक्षसहित महाशाखाको आधुनिक भवन बन्दै छ । 

२०७२ सालको भूकम्पले काठमाडौंको हनुमानढोकामा रहेको महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको भवनमा क्षति पुर्‍याएपछि दुबै निकायलाई टेकु सारिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved