महँगा सामान सस्तो मूल्यमा पाईने भन्दै ठगी गर्ने गिरोह पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2020 | 06:49:04 PM मा प्रकाशित

laxmi  sunrise bank

महङ्गा सामान सस्तो मूल्यमा उपलब्ध रहेको भन्दै अनलाईनबाट ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । अनलाइनमार्फत विभिन्न महँगा ब्राण्डका सामानहरु सस्तो मुल्यमा बिक्रि गर्ने भन्दै ठगी गर्नेलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार विभिन्न ब्राण्डका मोबाइल, घडि, आइफोनलगायत महङ्गा सामानहरु सस्तो मूल्यमा बिक्रिमा रहेको भन्दै विज्ञापन गर्ने र विभिन्न माध्यमबाट पैसा पठाउन लगाई सामान डेलिभरी नगरी ठगी गर्ने गिरोह सक्रिय रहेको छ ।

उनीहरुले स्टक सिमित रहेको भन्दै फेसबुक पेजमार्फत सस्तो मूल्यमा उपलब्ध गराउने विज्ञापन गर्ने गरेको र विभिन्न बैंकका खातामा रकम उपलब्ध गराउन लगाउने तथा आइएमइ गर्न लगाउने गरेको महाशाखाले जनाएको छ । पैसा पठाएपछि अर्डर गरेको सामान डेलिभरी नगर्दिने भन्दै पिडितले दिएको जाहेरीका आधारमा महाशाखाले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । सस्तो मूल्यमा सामान पाइने प्रलोभन देखाई फेक विज्ञापन गराउन सक्रिय रहेको भन्दै सजक र सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved