कोलकातास्थित महावाणिज्यदूत र चेम्बरका पदाधिकारीबीच भेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2020 | 07:55:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त कोलकाता स्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत इश्वर राज पौडेललाई शुभकामना दिएको छ । पौडेललाई चेम्बरको कार्यलयमा स्वागत गर्दै अध्यक्ष राजेश काजी श्रेष्ठले सफल कार्यकालकालगि शुभकामना दिएका हुन् ।

कार्यक्रममा महावाणिज्यदूत पौडेलले नेपालको समग्र हितमा आफ्नो कार्य केन्द्रीत हुने बताएको चेम्बरले जनाएको छ ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले पारवहन लागत घटाउन तंहावाट हुन सक्ने प्रयास जारी राख्न पहल हुनु पर्ने, कोलकाता कस्टम हाउससंग सुमधुर संम्बन्ध राखि नेपाली कार्गोलाई सहजीकरण गर्ने, कोलकाता पोर्ट ट्रस्टसंग समन्वय गरी पोर्टमा लाग्ने अनावश्यक झमेला मिन्हा गरी व्यवसाय गर्न सहज गर्नेतर्फ आवश्यक पहल गरिदिन अनुरोध गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved