काठमाडौं उपत्यकामा कति छन् कोरोना संक्रमित ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 04:55:14 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार  हालसम्म उपत्यकामा संक्रमितको संख्या २६७ पुगेको छ। जसमध्ये २८ जना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका हुन् । 

उपत्यकामा सबैभन्दा धेरै संक्रमित काठमाडौंमा रहेका छन् । काठमाडौंमा संक्रमितको संख्या १७५ छ भने ललितपुरमा ४९ तथा भक्तपुरमा ४३ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार उपत्यकाका संक्रमित मध्ये ७९ जना हालै उद्दार उडानमार्फत विदेशबाट आएकाहरु हुन् । उपत्यकामा संक्रमितको संख्या बढदै गएपनि समुदायमा भने संक्रमण नफैलिएको मन्त्रालयले जनाएको छ ।

हिजोपनि उपत्यकामा ५४ जना संक्रमित थपिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved