शैलेश थापा बने नेपाल प्रहरीको २८ औँ आइजीपी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 06:54:32 PM मा प्रकाशित

laxmi  sunrise bank

शैलेश थापा क्षेत्री नेपाल प्रहरीको महानिरीक्षक बनेका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका क्षेत्रीलाई आजको मन्त्रिपरिषद् बैठकले २८ औं महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हो । 

वरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई महानिरीक्षक बनाउने प्रस्ताव लिएर गृहमन्त्री रामबहादुर थापा बालुवाटार पुगेका थिए । महानिरीक्षकको दौडमा एआईजी हरिबहादुर पाल पनि थिए । थापा र पाल एकै दिन सेवा प्रवेश गरेका प्रहरी अफिसर हुन् । क्षेत्री हाल प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत छन् । 

थापा २०७६ चैत ९ गते नायब महानिरीक्षकबाट एआईजीमा बढुवा भएका थिए । ३० वर्षे सेवाअवधिका कारण हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बिहीबारबाट अनिवार्य अवकाश पाउँदै छन् । 

थापा २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved