जडिबुटीमा दुर्घटना, २ जनाको अवस्था गम्भिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 08:50:31 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा जडिबुटीको छाप्रो नजिकै सवारी दुर्घटना भएको छ । मोटरसाइल र स्कुटर एकआपसमा ठोक्किँदा २ जना गम्भिर घाइते भएका छन् । बा ८७ प ५५५३ नम्बरको स्कुटर र प्रदेश–३ ०२, ००४ प १२८५ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

मोटरसाइकल र स्कुटर दुबैका चालक पुरुष रहेको र उनीहरु दुबैको अवस्था गम्भिर रहेकाले उचारका लागि अस्पताल पठाईएको प्रहरीले जनाएको छ । दुर्घटना मंगलबार राती ८ः२० बजेतिर भएको हो । प्रहरीले रातको समय र त्यसमाथि पनि पानी रहेकाले कुन चाँही सवारीको गल्ती रहेको भन्नेबारे यकिन भईनसकेको जनाएको छ । दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved