४ करोड ठगी गर्न खोज्ने अर्जुन क्षेत्री पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2020 | 09:37:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आफूलाई ज्योतिष दाबी गर्ने अर्जुन थापा क्षेत्री पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले थापासहित ३ जनालाई बिहीबार पक्राउ गरेको हो । आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्न खोजेको आरोपमा क्षत्रीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । 

नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै उनीसहितको टोलीले चार करोड मागेका थिए । तर बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिलेको र उक्त रकम लिन जाँदा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

थापा यसअिघ पनि नेपाल ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा समातिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved