सप्तकोशीमा पानीको वहाव यस वर्षकै उच्च, ३२ वटा ढोका खोलिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2020 | 11:53:36 AM मा प्रकाशित

laxmi  sunrise bank

सप्तकोशीमा पानीको वहाव ह्वात्तै बढेर यस बर्षकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार बिहान साढे ११ बजे गरिएको मापन अनुसार कोशीमा पानीको बहाव दुई लाख ६० हजार क्युसेक प्रतिसेकेण्ड पुगेको ब्यारेजको कन्ट्रोल रुमले जानकारी दिएको छ ।

बहाव बढेसँगै खतराको संकेत स्वरुप रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । कन्ट्रोल रुमका अनुसार कोशी ब्यारेजमा बगेर जाने पानीको बहाव दुइ लाख क्युसेक पुगेपछि खतराको संकेत स्वरुप रातो बत्ती बाल्ने गरिन्छ । शुक्रबार बिहानसम्म ब्यारेजका ५६ मध्ये ३२ वटा ढोका खोलिएका छन् । 

यसरी पानीको बहाव बढ्दै जादा जनधनको क्षति नहोस् भनेर ढोका खोल्ने गरिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved