व्यवसायीले भने, ‘अहिलेकै अवस्थामा गाडी चलाउन सक्दैनौ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2020 | 03:30:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सार्वजनिक यातायात केन्द्रीय महासंघले अहिलेकै अवस्थामा गाडी नचलाउने निर्णय गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी महासंघले अहिलेकै अवस्थामा सार्वजनिक सावारीका साधन चलाउन नसकिने भन्दै पाँचबुँदे माग अघि सारेको छ ।

पूर्व तयारीविना नै सार्वजनिक यातायात सञ्चालन गर्न भनेर सरकारले अव्यवहारिक कदम चालेको महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले बताए । हचुवाका भरमा आफूहरुलाई गाडी चलाउन भनेर सरकारले जोखिम तिर धकेलेको उनको आरोप छ । 

महासंघले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार यातायात मजदुर र यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पुनर्तालिकीकरण हुनुपर्ने, लकडाउन अवधिको कर छुट हुनुपर्ने, लकडाउन अवधिको बिमा प्रिमियम छुट समयावधि समायोजन गर्नुपर्ने लगायतका माग अघि सारेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved