सिभिल मलका व्यापारीले संचालकलाई बुझाए चावी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2020 | 04:19:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल मलमा व्यावसाय सञ्चालन गर्दै आएका व्यापारीहरुले मल सञ्चालकलाई सामुहिक रुपमा चावी बुझाएका छन् । कोरोनाका काराण व्यापार शुन्य अवस्थामा रहेको बेला पनि मल सञ्चालकले भाडा बुझाउन दवाब दिएपछि चावी बुझाएको सिभिल मल व्यापार संघले जनाएको छ ।

संचालकले असार २५ गतेसम्म लकडाउन अवधिको भाडा तिर्न ताकेता गरेको र नतिरे ५० प्रतिशत तिर्नुपर्ने भाडालाई ७५ प्रतिशत पुर्याउने भनेपछि चावी बुझाउन बाध्य भएको संघका अध्यक्ष रत्न बहादुर घिमिरेले बताए । मल खुलेपनि व्यापार शुन्य रेहेको र भाडातिर्न सक्ने अवस्था नभएको अवस्थामा सञ्चालकले भाडा तिर्न गरेको ताकेता प्रति दुख लागेको अध्यक्ष घिमिरेले बताए । 

‘विषम परिस्थितिमा मल पनि बाचोस् र व्यापारी पनि बाचुन् भन्ने धारण आफुहरुको रहेपनि व्यापारीलाई मल सञ्चालक र सरकारले व्यावस्था गरेकोले पसल बन्द गरेर चावी बुझाउनु परेको हो ।’ अध्यक्ष घिमिरेले भने । ‘ सञ्चालकले मिती तोकेर भाडा बुझाउन ताकेता दवाव दिएकोप्रति हामि दुखि भएर भाडाको सट्टा चावी बुझाउन बाध्य भयौ’ ।घिमिरेका अनुसार हाल मलमा २०० को हाराहारीमा सटरहरु रहेकोमध्ये असार १ गतेबाट १५० पसलहरु खुलेको छ । १५० मध्ये १०५ जना व्यापारीले चावी बुझाएको उनले बताए ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved