विश्व स्वास्थ्य संगठनद्वारा सर्टिफाई ‘एन ९५ मास्क’ नेपालमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2020 | 05:43:51 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व स्वास्थ्य संगठनले सर्टिफाइ गरेको एन ९५ मास्क नेपालमा पनि पाइने भएको छ । हालसम्म नेपालमा उपलब्ध नभएको उक्त मास्क मोबाइल एप रिचार्जरले पहिले पटक नेपालमा भित्र्याएको की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताएका छन् । 

यस्तै रिचार्जरले कार्यालय, होटल तथा रेष्टुरेण्टलाई लक्षित गर्दै लेमन फ्लेवरको गूणस्तरीय एम एच आई ब्राण्डको थोक तथा खुद्रा बिक्री बितरण गर्न थालेको जानकारी दिएको छ । नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रिचार्जरले एम एच आईका स्यानिटाइजरको बिक्री बितरण सुरु गरेको बताइएको छ ।

प्रि बुकिङ गरेर उक्त स्यानिटाइजर खरिद गर्न सकिने जनाइएको छ । ग्लाइडरका अनुसार अहिले बजारमा बिक्री बितरण भैरहेको के एन ९५ मास्क पनि रिचार्जरले ५० रुपैंयामा उपलब्ध गराउने छ । त्यसै गरी कोभिड प्रतिरोधात्मक भिटामिन सी युक्त डबल सी ब्राण्डको जुस एक सय रुपैयामा एउटा किन्दा एउटा सित्तैंमा उपलब्ध हुने ग्लाइडरले बताए । 

रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटललगायत सबै क्षेत्रका लागि कोभिड प्रोटेक्टिभ प्रोडक्टहरु उपलब्ध गराउँदै आईरहेको जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved