सार्वजनिक सवारी नचलाउने महासंघको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2020 | 05:56:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारी नचलाउने निर्णय गरेको छ । शुक्रबार बसेको महासंघको केन्द्रीय कमिटिको बैठकले तत्कालको अवस्थामा सार्वजनिक सवारी सञ्चालन गर्ने वातावरण नभएको भन्दै नचलाउने निर्णय गरेको हो ।

बैठकले वातावरण तयार गर्न सरकार उदाशीन भएको भन्दै तत्कालको अवस्थामा सार्वजनिक सवारी नखुलाउने निर्णय गरेको संघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।  बैंकको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुर्नकर्जाको व्यवस्था लगायतको माग सम्बोधन नभएकाले तत्कालै कुनै खालका सार्वजनिक सवारी नचलाउने निर्णय भएको सिटौलाले बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved