१ घण्टा मै अल्कोहलको फ्रि होम डेलिभरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2020 | 08:15:07 PM मा प्रकाशित

laxmi  sunrise bank

ईकमर्स कम्पनी ग्यापु मार्केटप्लेसले जी-बार सन्चालनमा ल्याएको छ। जी-बार अन्तर्गत अल्कोहल र तयारी खाजा अर्डर गरेको एक घन्टा भित्रै फ्रि होम डेलिभरी गरिने कम्पनीले जनाएको छ। 

लकडाउनका कारण बार तथा रेस्टुरेन्ट बन्द भएको समयमा ग्राहकहरुलाई सेवा दिन भर्चुअल बार सन्चालनमा ल्याइएको कम्पनीका संस्थापक ज्ञानेन्द्र खड्काको भनाइ छ। बारको सेवा हप्तामा सातै दिन र दैनिक चौबीसै घण्टा रहने खड्काले जानकारी दिए। ग्राहकले अर्डर गरेको एक घण्टामा घरमै डेलिभरी गरिने खड्काले बताए। 

सहजताका लागि फेसबुक पेजमा च्याट मार्फत र ९८०१८५५५४९ मा फोन वा ह्वट्सएप गरेर समेत अर्डर गर्न सकिने जनाइएको छ। असार २५ गते सुरु भएको उक्त बारमा ओपनिङ अफर अन्तर्गत २५ र २६ गते एक हजार दुई सय भन्दा बढी खरिद गर्ने सबै ग्राहकलाई दुई सय रुपैयाँ बराबरको सपिङ भौचर प्रदान गरिने खड्काले बताए।

विभिन्न ब्राण्डका अल्कोहल, चिसो पेय, कक्टेल, मोक्टेल, हुक्का सँगै तयारी खाजा उपलब्ध हुने जनाइएको छ । त्यस्तै लेज, कुर्कुरे, दालमोठ पनि डेलिभरी गराइने खड्काले जानकारी दिए।

ग्यापु मार्केटप्लेस सुरु भएको ९० दिन भित्र नै पन्ध्र हजार भन्दा बढी सामानहरु घर घरमा डेलिभरी गर्न सफल भैसकेको खड्काको दाबी छ। हाल  सात हजार भन्दा धेरै सामान सजिलै अनलाईन मार्फत खरिद गर्न सकिन्छ भने हरेक दिन पाँच सय भन्दा बढी नया नया सामानहरु थप भैरहेको छ खड्काले बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved