सलह किरा किन्न ५ लाख बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2020 | 09:27:59 AM मा प्रकाशित

laxmi  sunrise bank

झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए । 

“सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएका हौँ”, उनले भने, “नगरले सलह समातेर ल्याउनेलाई प्रतिकेजी १०० रुपैयाँ दिने योजना ल्याएका छौँ ।” खरिद गरिएको सलह किरा नगरको कृषि शाखाले प्रतिकेजी ५० रुपैयाँका दरले पशु आहारका लागि दाना उद्योगलाई दिने निर्णय गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved