बिजपाटी सम्बाददाता     Jul 11, 2020 | 11:00:28 AM


tansen

काठमाडौंको केएसमी अस्पतालमा उपचाररत ५४ वर्षीय एक पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको छ । मिर्गौलाका विरामी रहेका उनको मृत्युपछि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको हो । 

गत बिहीबार मृत्यु भएपछि उनको स्वाब परीक्षण गर्न पठाइएकोमा शुक्रबार बेलुकी रिपोर्ट आएको हो । उनको शव शनिबार बिहान नेपाली सेनाको टोलीले दाहसंस्कारको लागि लगेको छ। उनी गत असार १९ गते अस्पताल भर्ना भएका थिए। मृतकको ठेगाना काठमाडौं लेखिएपनि उनी कहाँका हुन भन्नेबारे खुलिसकेको छैन । 

योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7