कोरोनाका ७० संक्रमित थपिए, कुन जिल्लामा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2020 | 05:17:59 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६४८ नमुना परीक्षण गर्दा ७० जनाको रिपोर्ट पोजेटिभ आएको हो । 

शनिबार सबैभन्दा धेरै सिन्धुपाल्चोक र दाङमा ५/५ जना संक्रमित थपिएका छन् । सुनसरी, उदयपुर, स्याङ्जा, तनहुँ र कञ्चनपुरमा ४/४ जना, काठमाडौं, मोरङ, धादिङ, सर्लाही, बाग्लुङ र सुर्खेतमा ३/३ जना र झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लाका २/२ जनामा संक्रमण पुष्टि भएको छ । 

सिराहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछामका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४३१ जना डिस्चार्ज भएका छन् । निको हुनेको संख्या ८ हजार ४४२ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved