बिजपाटी सम्बाददाता     Jul 11, 2020 | 10:04:34 PM


tansen

तेत्तीस किलो सुनकाण्डका फरार प्रतिवादीलाई आज प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार उनी इन्टरपोलमा ‘रेडकर्नर नोटिस’ जारी भएका प्रतिवादी हुन् । अध्यागमनका कर्मचारीले उनको पहिचान गरेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनी पक्राउ परेको शाहीले जानकारी दिए । उनका अनुसार सो सुनकाण्डमा ७७ जनाविरुद्ध मुद्दा चलाइएको छ । उनी पछिल्लो समयमा युएई बस्दै आएका थिए ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7