आज यी स्थानमा भारी बर्षा र बाढी आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2020 | 08:45:14 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभागले हाल नेपालभर मनसुनी वायु सक्रिय रहेको र मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएको छ। विभागले यसको कारण आज बिहान  देशभर सामान्य बदली रही प्रदेश १ तथा बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित वर्षाको भईरहेको जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा  गण्डकी प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेको विभागले जनाएको छ ।

 आज राती भने देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १ तथा प्रदेश २  थोरै स्थानहरुमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका  एक/दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।


भारी वर्षा हुने भएपछि बाढी पुर्बानुमन विभागले आज कन्काई, कोशी, कमला, बागमती, नारायणी नदी र प्रदेश १,२, बागमती, गण्डकी प्रदेश भई बहने नदीमा उच्च बहाब हुने तथा प्रदेश २ मा भारतीय सीमा आसपास स्थान डुबानमा पर्ने जनाएको छ 


यस्तो छ विभागको बाढी पुर्बानुमान : 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved