दाङका सलह प्युठान पुगे, जुम्लामा कहाँबाट आए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2020 | 12:55:42 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार दाङमा देखिएको सलह कीराका झुण्ड प्युठान पुगेको छ । आइतबार दिउँसो १ बजे दाङबाट उडेको झुण्ड साँझ सात बजे प्युठान पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । 

प्युठानको मल्लरानी गाउँपालिका र आसपासका क्षेत्रमा उक्त झुण्ड घुमि रहेको केन्द्रका सूचाना अधिकृत रामकृष्ण सुवेदिले जानकारी दिए । उक्त क्षेत्रमा बसेको भएपनि बालीमा खासै क्षति नपुर्याएको उनले बताएका छन् । ‘प्रायजसो माथि माथि उडिरहने र बालीमा कम संख्यामा बसेको हुनाले खासै क्षति पुगेको छैन्’ उनले भने । 

उनका अनुसार सलहले एकदिनसम्म पनि केही नखाई उडिरहन सक्छ तर बसेको खण्डमा उसले खाने गर्दछ । हावाको बहावमा उड्ने भएकाले सलह धेरै समयसम्म निरन्तर उडिरहन सक्ने सुवेदीले बताएका छन् । सलहलाई हावाले नै उडाउने भएकाले करिब करिब ४०० किलोमिटरसम्म निरन्तर उडिरहन सक्ने सुवेदीको भनाई छ । 

जुम्लामा पनि देखियो 

कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा पनि सलह कीरा देखा परेकोछ । त्यहाँ देखिएका कीरा भने पहिला कै भएको मन्त्रालयले जनाएको छ । पहिला नेपाल भित्रिएका झुण्डहरुको केही अंश अहिले जुम्लामा देखा परेको उनको भनाई छ । 

उनका अनुसार पहिला नेपाल भित्रिएका कीराहरु रुकुम, कालिकोट, अछाम, डोल्पा लगायत जिल्लामा फ्याटट् फुट्ट रहेको र उक्त जिल्लाबाट केही संख्यामा जुम्ला गएको हो । अहिले जुम्लामा दखिएका सलह २ देखि ३ हजारको संख्यामा मात्र छ । 

‘सलह कीरा १५ डिग्रि सेल्सियस भन्दा कम तापक्रममा रहन नसक्ने भएकाले जुम्लाका सलह तापक्रम घट्न थालेपछि आफै मर्ने र हराउने हुन्छ’ उनले भने, ‘जुम्लामा रातिको तापक्रम १५ डिग्रिभन्दा कम भएपनि दिउँसो उक्त स्थानमा घाम लागि रहेको हुनाले २० डिग्रिसम्म पुग्ने भएकाले पनि त्यहाँ अझैपनि सलह देखा परेको हो ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved