२४ प्रतिशतले बढ्यो आयल निगमको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2020 | 03:36:22 PM मा प्रकाशित

laxmi  sunrise bank

 पछिल्लो बर्षहरुमा निरन्तर नाफा कमाईरहेको नेपाल आयल निगमले चालु आर्थिक बर्षमा १० अर्व ८६ करोड नाफा कमाएको छ  ।  गत आर्थिक वर्षको तुलनामा यस वर्ष निगमको नाफा  २४.११ प्रतिशत अर्थात दुई अर्व ११ करोडले बढेको हो ।  

चालु आर्थिक वर्षमा निगमले विभिन्न शिर्षकमा ६५ अर्व रुपैयाँ राजस्व स्वरुप सरकारलाई तिरेको जनाएको छ । निगमले १५ अर्व १३ करोड भंसार शुल्क,  ५ अर्व २ करोड सडक मर्मत शुल्क र  ३ अर्व १ करोड वातावरण खर्च सरकारलाई करको रुपमा तिरेको हो । त्यस्तै निगमले मूल्य अभिवृद्धि कर वापत २५ अर्व ५२ करोड, पुर्वाधार विकास कर वापत १३ अर्व ६७ करोड र आयकर वापत ३ अर्व ८५ करोड सरकारलाई तिरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved