यी रुटमा चल्न थाल्यो मयूँर यातायात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2020 | 03:52:15 PM मा प्रकाशित

laxmi  sunrise bank

यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयुँर यातायातले भने बस सेवा शुरु गरेको छ । आजदेखि तीन वटा बसबाट सेवा शुरु गरिएको प्रालीले जनाएको छ । 

कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरेको थियो । सरकारले बिहीबारदेखि सार्वजनिक यातायात खुलाउने भनेको पाँच दिनपछि प्रालीले बस चलाउन थालेको हो । यो बीचमा बसको मर्मतलगायतको काम भइरहेको कम्पनीका सञ्चालक दीपक भण्डारीले बताए । पहिलो दिनमा काठमाडौँ–बनेपा र चक्रपथ रुटमा बस चलेको छ । उनका अनुसार कम्पनीले आगामी दिनमा अरु बस थप्नेसमेत योजना बनाएको छ । उनले भने, “मङ्गलबार र बुधबारदेखि नै अरु बस थप्दै जानेछौ ।” बन्दाबन्दीमा बस सञ्चालन नहुँदा व्यवसायी मारमा परेको भन्दै सहुलियतका लागि सार्वजनिक यातायात व्ययवसायी राष्ट्रिय महासङ्घले गरेको मागमा सो कम्पनीले पनि समर्थन गरेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved