कोरोनाबाट डेढ खर्ब बढी क्षति, व्यवसाय 'नर्मल' हुन १ वर्ष लाग्ने अनुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2020 | 04:05:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोरोना महामारीको कारण १६८ अर्ब क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले चालु आर्थिक वर्षमा प्रचलित मूल्यको कुल ग्राह्यस्थ उत्पादनको करिब १६८ अर्बले क्षति भएको देखाएको हो 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा यस्तो तथ्यांक पेश गरेका हुन् । उनले कोरोनाको कारण सबै भन्दा धेरै होटेल तथा रेस्टुरेन्ट, यातायात, निर्माण र ब्यापार क्षेत्रमा बढी क्षति भएको बताए । 

राष्ट्र बैंकको अध्ययनले कतिपय ब्यबसाय सामान्य अवस्थामा संचालन हुन करिब १ वर्ष लाग्ने देखिएको जनाएको छ । मौद्रिक नीति तर्जुमा गर्दामा यो तथ्यलाई प्राथमिकतामा राखिने गभर्नर अधिकारीलाई बताएका छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved