सरकारद्वारा विभिन्न विधाका श्रष्टाहरु पुरस्कृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2020 | 05:13:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली साहित्यका विभिन्न विधामा योगदान पुर्याएका स्रष्टाहरूलाई सरकारले पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री योगेश भट्टराईले श्रष्टा तथा साहित्यिक व्यक्तित्वहरूलाई पुरस्कार प्रदान गरेका हुन् । 

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६ अन्तर्गत संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरिएको छ । प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत नै प्रदेश १ बाट भोजपुरका चन्द्रकुमार राई, प्रदेश २ बाट धनुषाका डा. रामसागर पण्डित, बागमती प्रदेशबाट ललितपुरका डा. गौतमवीर बज्राचार्य, गण्डकी प्रदेशबाट स्याङ्जाका प्रा. ज्ञानबहादुर कार्की, प्रदेश ५ बाट कपिलवस्तुका विक्रममणि त्रिपाठी, कर्णाली प्रदेशबाट जुम्लाका वासुदेव उपाध्याय, सुदूरपश्चिमबाट धनगढीका सुरतबहादुर शाह पुरस्कृत भएका छन् ।

प्रा.डा. दयाराम श्रेष्ठले भाषा–साहित्य विधाको राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरेका छन् । 

त्यसैगरी प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश १ बाट खोटाङका सुरेश हचेकाली, प्रदेश २ बाट बाराका नवराज रिजाल, बागमती प्रदेशबाट काभ्रेपलाञ्चोकका गोपी मैनाली, गण्डकी प्रदेशबाट कास्कीका तर्कना शर्मा, प्रदेश ५ बाट दाङका श्रीधर पौडेल, कर्णाली प्रदेशबाट जुम्लाका डा. ओमप्रकाश आचार्य र सुदूरपश्चिम प्रदेशबाट कैलालीका मिहिलाल उपाध्याय पुरस्कृत भएका छन् । 

ललितकला विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार काठमाडौंका श्यामलाल श्रेष्ठले प्राप्त गरेका छन् । 

प्रादेशिक प्रतिभा पुरस्कारमा प्रदेश १ बाट सुनसरीका जीवननाथ पोखरेल, प्रदेश २ बाट धनुषाका सरितादेवी मण्डल, बागमती प्रदेशबाट ललितपुरका चन्द्रश्याम डंगोल, गण्डकी प्रदेशबाट स्याङ्जाका महेश आचार्य, प्रदेश ५ बाट गुल्मीका सुमित्रा राना, कर्णाली प्रदेशबाट कालिकोटका भीमबहादुर सिंह र सुदूरपश्चिम प्रदेशबाट डोटीका रवीन्द्रबहादुर चन्द पुरस्कृत भएका छन् ।

संगीत तथा नाट्य विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार सिराहाका सत्यनारायण चौधरीले प्राप्त गरेका छन् ।

प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश १ बाट ताप्लेजुङका भरत गुरुङ, प्रदेश २ बाट महोत्तरीका हिराकुमारी दर्लामी, बागमती प्रदेशबाट रामेछापका केशर कालिकोटे, गण्डकी प्रदेशबाट तनहुँका मनकुमार श्रेष्ठ, प्रदेश ५ बाट पाल्पाका लक्ष्मी न्यौपाने, कर्णाली प्रदेशबाट कालिकोटका कृपाराम शर्मा धमला र सुदूरपश्चिम प्रदेशबाट बैतडीका मनोहरराम दमाईं सम्मानित भएका छन् ।

यस्तै महाकवि देवकोटा पुरस्कार २०७६ बाट कविता विधाअन्तर्गत तेह्रथुमका मोहन सिटौला, निबन्ध विधातर्फ दाङका प्रा. केशव सुवेदी, गद्यख्यान–नाटकतर्फ काठमाडौंका पद्मावती सिंह, बाल साहित्य–लोकसाहित्यतर्फ दैलेखका डा. मधुसुदन गिरी र भाषा–साहित्यतर्फ भक्तपुरका भैरव रिसाललाई प्रदान गरिएको छ । 

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट नाटक विधातर्फ तेह्रथुमका अभि सुवेदी र कविता विधातर्फ धादिङका प्रा. घनश्याम उपाध्याय कँडेललाई प्रदान गरिएको छ । 

पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६ तर्फ राजनीतिक र सैद्धान्तिक विधामा ललितपुरका स्नेहलता गुरुवाचार्य वन श्रेष्ठ, इतिहास विधामा कपिलवस्तुका डा. माधवराज पन्थी र साहित्य, संस्कृति र विज्ञानतर्फ काठमाडौंको राष्ट्रिय आविष्कार केन्द्रलाई पुरस्कृत गरिएको छ । 

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६ समाज सुधार अभियान विधामा जाजरकोटका नवराज विक (मरणोपरान्त), मानव अधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सीप कला, शिक्षा, साहित्य, लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियार पुरस्कृत भएका छन् ।

पुरस्कार वितरण कार्यक्रममा मन्त्री भट्टराईले श्रष्टाहरूको योगदानलाई कदर गर्दै स्थापना भएको पुरस्कार विभिन्न श्रष्टा तथा व्यक्तित्वहरूलाई प्रदान गरिएको बताउँदै महान् व्यक्तित्वहरूले छाडेर गएका आदर्श तथा सिद्धान्तका कारण नेपाली साहित्य सिर्जनाको भण्डार बलियो भएको बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved