सुन्दर यातायात मंगलबारबाट चल्ने, भाडा पुरानै, मास्क निशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2020 | 06:11:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सुन्दर यातायातले सुरक्षाका उपायहरु अपनाएर पुरानै भाडादरमा मंगलबारबाट बस सञ्चालन गर्ने भएको छ । सरकारले भाडामा ५० प्रतिशत थप शुल्क लिन सकिने बताएपनि कम्पनीले पुरानै भाडाअनुसार सेवा दिने जनाएको हो।

कोरोना संक्रमण नफैलियोस भन्ने उदेश्यले यात्रु तथा बसका कर्मचारीलाई सुरक्षाको व्यवस्था सहितको सेवा दिन लागेको कम्पनीले जनाएको छ । कम्पनीले बस चढ्नु अघि  ज्वरो मापन गर्ने र यात्रुलाई स्यानिटाइजर र मास्कको ब्यबस्था निशुल्क गर्ने जनाएको छ ।

त्यस्तै कम्पनीले चालक तथा सहचालकलाई पन्जा, पीपीई, बुट र मास्क लगाएर मात्र यात्रा प्रारम्भ गर्ने जनाएको छ । एक राउण्ड लगाएपछि बस डिसइन्फेक्सन गरिने समेत कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved