स्वीजरल्याण्डको बैंकमा ओलीको खाता, वार्षिक लिन्छन् ६ करोड लाभांश !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2020 | 12:08:41 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीको स्विजरल्याण्डको बैंकमा  खाता भएको खुलासा भएको छ । विश्वभरको गतिविधि नियाल्ने 'ग्लोबल वाच एनालिसीस' ले ओलीको स्विजरल्याण्डमा खाता भएको र उनले त्यहाँबाट वार्षिक ठुलो रकम लाभांश वापत लिने गरेको खुलासा गरेको हो 

ग्लोबल वाचका अनुसार स्विजरल्याण्डको मिराबोद बैंकको जेनेभा शाखामा ओलीको खाता छ । पत्नी राधिका शाक्यसहित संयुक्त नाममा खोलिएको उक्त खातामा ५.५ मिलियन डलर(करिब ६६ करोड नेपाली रुपैयाँ बराबर) रहेको ग्लोबल वाचले जनाएको छ । ग्लोबल वाचका अनुसार प्रधानमन्त्री ओलीले उक्त रकम मुद्दती निक्षेप र शेयरमा गरेका छन् । त्यसबाट ओलीले वार्षिक आधा मिलियन डलर (६ करोड नेपाली रुपैयाँ बराबर) लाभांश लिने गरेको ग्लोबल वाचले दाबी गरेको छ । यहिकारण प्रधानमन्त्री ओलीको सम्पति पछिल्ला केहि वर्षमा  ह्वात्तै बढेको ग्लोबल वाचले जनाएको छ । 

स्विजरल्याण्डमा आफ्नो आम्दानीको स्रोत देखाउनु नपर्ने र कर सम्बन्धी नियम पनि लचक भएकोले 'टेक्स हेभन' त्यहाँका बैंकलाई 'टेक्स हेभन'को रुपमा लिईन्छ । कर छलिको लागि समेत स्विस बैंक प्रयोग हुदै आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved