ब्याज तिर्ने म्याद २ वर्ष थप गर्न मुद्रण महासंघको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2020 | 04:44:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मुद्रण उद्योग महासंघले ब्याज तथा साँवा तिर्ने मिति व्यवसाय पूर्णरुपमा सञ्चालनमा आएको २ वर्षसम्म हुनुपर्ने माग गरेको छ । महासंघले नेपाल राष्ट्र बैंकबाट जारी हुने मौद्रिक नीतिमा समाबेश गराउन केहि सुझावहरु पेश गर्दा यस विषयपनि उल्लेख गरेको हो ।

लकडाउनले मुद्रण उद्योगी एवं व्यवसायीहरुलाई दिर्घकालीन नकारत्मक असर परेको तथा केही उद्योगीहरु पलायन हुने अवस्था आएको भन्दै मौद्रिक नीतिमा मार्फत मुद्रण व्यावसायको दिगो बिकासमा सहयोगको लागी महासंघले राष्ट्र बैंकलाई अपिल गरेको हो ।

महासंघले बुझाएको सुझाव मार्फत व्यावसाय पूर्णरुपममा सञ्चालन हुन थालेको २ वर्षभित्रमा व्याज तथा साँवा तिरीसक्नुपर्ने ब्यबस्था मौद्रिक नीतिमार्फत गर्न अपिल गरेको छ । त्यस्तै, महासंघले बढिमा ५ प्रतिशत ब्याज दरमा पुनरकर्जा सुबिधा उपलब्ध गर्नु पर्ने, उद्योग व्यावसाय सञ्चालन गर्न उपयुक्त वातावरण तयार नहुदासम्मको लागी उल्लेखित कर्जाहरुमा लाग्ने व्याजदर समेत वढीमा ५ प्रतिशतका दरले कायम गर्नुपर्ने लगायत उल्लेख गरेको जनाएको छ । यसका साथै उक्त सुझवमा मुद्रण उद्योग एवं व्यवसायलाई प्राथमिकता क्षेत्रभित्र राखि सहजरुपमा निश्चित प्रतिशतका दरले बैंकहरुले अनिबार्य रुपमा लगानीगर्ने  ब्यबस्था गर्नु पर्ने लगायतका कुराहरु उल्लेख गरेको जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved