राष्ट्र बैंकका पूर्व गभर्नर रावल सहित ३ जनाले पाए सफाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2020 | 08:00:07 PM मा प्रकाशित

laxmi  sunrise bank

पोलिमर नोट प्रकरणमा नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर तिलक रावल सहित ३ जनाले नै सफाई पाएका छन् । विशेष अदालतले मंगलबार तिनै जनालाई सफाई दिएको हो ।

विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी र सदस्यद्वय बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको संयुक्त इजलाशले यस प्रकरणमा मुद्दा दायर भएका राष्ट्र बैंक कै तत्कालिन नोट बिभाग प्रमुख उपेन्द्र केशरी पौड्याल र स्थानीय प्रतिनिधिका रुपमा रहेका मे फ्लावर लिमिटेडका हिमालय बहादुर पांडेलाई सफाई दिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नोट छाप्ने क्रममा भ्रष्ट्राचार गरेको भन्दै तिनै जना संग समान ९१ लाख ९ हजार  ८ सय ८९ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको थियो । 

यस्तो थियो उनीहरु माथि लागेको आरोप  ।

नेपाल राष्‍ट्र बैंकबाट अष्ट्रेलियामा रु. १० को ५ करोड थान पोलिमर नोट छपाई गरिँदा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिएको, संचालक समितिका निर्णय चुहाएको , जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाइ हस्तान्तरण गर्न लगाएको ,  छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउनका लागी मिडियाकर्मीहरुलाई थाईल्याण्ड हुदै अष्ट्रेलिया पठाएको, नोट छपाईका लागि जसलाई पछि कार्यादेश दिइएको हो उसलाई नै बोलपत्र पूर्व नै नोटको डिजाईन गर्न लगाएको,  बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगरेको, परल मूल्य प्रति हजार A$६८ बाट A$ ४ बढाउन लगाई सोही बमोजिम बोलपत्र र सम्झौता गरी नेपाल राष्ट्र बैंकका एव् नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराई नोक्सानी पुर्‍याएको । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved