साढे ४ करोड भ्रष्ट्राचार आरोपमा शिक्षाका उपसचिव बिरुद्द मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 08:18:38 AM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी तरिकाले अकूत सम्पत्ति कमाएको अभियोगमा जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदमा कार्यरत मनप्रसाद रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार २०५३ कात्तिक २२ गतेदेखि जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका रेग्मी २०७१ मङ्सिरमा उपसचिवमा बढुवा भएका थिए । रेग्मीले अकूत सम्पत्ति कमाएको भनी परेको उजुरीमाथि छानबिन गर्दा रु चार करोड ५४ लाख ३३ हजार ६९८ बराबरको सम्पत्ति गैरकानूनी देखिएको छ ।

आयोगले बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै स्रोत नखुलेको र श्रीमती फम्फादेवी पाण्डे र छोरी सन्ध्या रेग्मीको नाममा रहेको सम्पत्तिसमेत जफतको माग गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved