आफ्नो पीडा सरकारले नदेखेको व्यवसायीको आरोप, मौद्रिक नीतिमा झिनो आशा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 09:25:25 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी व्यबसायीले लकडाउनका कारण व्यबसाय धाराशायी भएपनि नीजि क्षेत्रको लगानी सुरक्षाकालागि गरिएको आग्रहलाई सरकारले नसुनेको गुनासो गरेका छन् । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको मंगलबार भएको २७ औं सल्लाहकार सभामा बोल्ने अधिकांश उद्योगीहरुले सरकारले व्यबसायीको पिडा नसुनेको बताएका हुन्  । 

उनीहरुले लकडाउनका कारण उद्योग व्यबसाय बन्द गर्नुपर्ने स्थिती उत्पन्न भएको बताउँदै नीजि क्षेत्रबाट भएको लगानी सुरक्षाकालागि पहल गरिदिन उनीहरुले संघ तथा नेपाल उद्योग बाणिज्य महासंघलाई आग्रह गरेका छन् । अनलाईन प्रविधिका माध्यमबाट गरिएको सभामा नेपाल उद्योग बाणिज्य संघका सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले लकडाउनका कारण उद्योग व्यबसाय ठप्प भएको र उद्योगी व्यबसायी प्रताडित भएको बताउँदै आगामी आर्थिक वर्षकालागि सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा समेत व्यबसायीका समस्या सम्बोधन नभएको बताए । महासंघले उद्योगी व्यबसायीका समस्या समाधानकालागि पहल गरिरहेको र मौद्रिक नीतिमा भएपनि सम्बोधन हुन्छ कि भन्ने झिनो आशा बाँकी रहेको उनले उल्लेख गरे । 

सल्लाहकार सभामा स्वागत गर्दै संघका अध्यक्ष खिमबहादुर हमालले लकडाउनका कारण उद्योग व्यबसाय क्षेत्रमा उत्पन्न समस्या समाधानकालागि संघले खेलेको भूमिका राख्दै संघले उठान गरेका समस्या समाधानकालागि स्थानीय स्तरमा संघले पहल गर्ने र केन्द्रीय तहमा महासंघलाई जोडदार रुपमा लाग्न आग्रह गरे । महामारीका कारण गरिएको लकडाउनकै कारण उत्पन्न समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा जिल्ला नगरका सभापतिहरु अनलाईन बैठक बसेर छलफल गरि आवश्यक परेमा फिल्डमा उत्रिन समेत जिल्ला नगर उद्योग बाणिज्य संघ तयार रहेको निश्कर्ष निकालिएको उनले जानकारी गराए । 

संघका वाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले बस्तुगत समितिले तयार गरेका प्रतिवेदनहरुको समन्वय गरि सल्लाहकार सभामा प्रस्तुत गरेका थिए । संघमा २९ वटा बस्तुगत समिति रहेका छन् । त्यस्तैगरी महासचिव दिनेशप्रसाद श्रेष्ठले संघको ६६ औं वार्षिक साधारण सभा यताको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

सल्लाहकार सभामा कपडा बस्तुगत समितिका सभापति त्रिबिक्रम ह्योजु, डिलर समितिका सभापति कुलप्रसाद श्रेष्ठ (कृष्ण), पुस्तक तथा स्टेशनरी बस्तुगत समितिका सभापति राजेश भट्टराईले व्यबसायिक समस्या र समाधानका बारेमा भनाई राखेका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved