५ जिल्लामा २५ संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 12:35:06 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेशका पाँच जिल्लामा बुधबार २५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा पूर्वी नवलपरासीका ११, म्याग्दीका ९, तनहुँका ३ तथा गोरखा र कास्कीका १।१ जना रहेका छन् । यससँगै प्रदेशमा कोरोना संक्रमितको कूल संख्या एक हजार २२८ पुगेको छ ।

पूर्वीनवलपरासीको बुलिङटार गाउँपालिकामा एक महिला र ८ पुरुष गरी ९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कावासोती नगरपालिकामा ४८ र २६ वर्षका दुई पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै म्याग्दीको बेनीमा ३, मालिकामा ४, रघुगंगामा १ र मंगलामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी तनहुँको भिमादमा २ र आँबुखैरीनीमा १ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गोरखाको गोरखा नगरपालिका र कास्कीको पोखरा उपमहानगरपालिकामा एक।एक जनामा कोरोना देखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved