सिजी ल्यान्डमार्कका व्यवसायीलाई ४ महिनाको भाडा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 01:21:26 PM मा प्रकाशित

laxmi  sunrise bank

चितवनको भरपुरस्थित सपिङ मल सिजी ल्यान्डमार्कले उक्त कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभरको अर्थात चार महिनाको भाडा छुट दिने भएको छ । व्यवसायी एवं सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको हो । 

चौधरीले लकडाउनका कारण ठूलो समस्या झेलिरहेका मझौला व्यवसायीलाई राहतहोस् भनेर भाडा छुटको लागि दिएको निर्देशनसंगै चार महिनाको छुट गरेको कम्प्लेक्सले जानकारी दिएको छ । उक्त निर्णयबाट मलका व्यवसायी निकै उत्साहित भएको जनाइएको छ । छुट पाएसंगै मलमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले पलायनको खतरा टरेको प्रतिक्रिया दिएका छन् । 

सिजी ल्यान्डमार्क सांसद चौधरी अध्यक्ष रहेको सिजी ग्रुप ग्लोबल अन्तर्गतको व्यापारिक कम्प्लेक्स हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved