कोरोनाका कारण थप १ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 04:49:18 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका ३६ बर्षीय युवा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

उनी असार २४ गते भारतको बेङ्गलोरबाट घर फर्केर स्थानीय क्वारेन्टिनमा बसेको मन्त्रालयले जनाएको छ । असार २९ गते उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । 

संक्रमित युवाको स्वास्थ्यमा थप समस्या आएपछि बुधबार बिहान भेन्टिलेटरमा राखि उपचार गरीएको र दिउँसो साढे २ बजे उनको निधन भएको मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved