कर्मचारीलाई मन्त्री भट्टराईको निर्देशन, ‘हप्ता दिनभित्र कार्य सम्पादन प्रगति पेश गर्नुहोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2020 | 03:51:30 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कर्मचारीहरुलाई कार्य सम्पादन सम्झौताको प्रगति हप्ता दिन भित्र पेश गर्न निर्देशन दिएका छन् । बुधवार मन्त्रालयमा गत आर्थिक बर्षको प्रगति समिक्षा तथा चालु आ.व. को कार्यक्रमको बारेका भएको छलफलमा मन्त्री भट्टराईले गत आ.व.मा मन्त्रीसँग भएको सम्झौता अनुसारका कार्य सम्पादन करारको प्रगति पेश गर्न मन्त्रालका सचिवलाई निर्देशन दिएका हुन् । 

मन्त्रालयका अन्य शाखा अधिकृतले उपसचिवसँग उपसचिवले सहसचिवसँग, सहसचिवले सचिवसँग र सचिवले मन्त्रीसँग गरेको कार्य सम्पादन सम्झौता अनुसारका कार्य प्रगति पेश गर्न मन्त्री भट्टराईले निर्देशन दिएका हुन् । गत आ.व. मा मन्त्रीले प्रधानमन्त्रीसँग गरेको सम्झौताका आधारमा प्रगति प्रतिवेदन पेश गर्ने मन्त्री भट्टराईको भनाई छ । उनले सबै कर्मचारीसँग हप्ता दिन भित्र बार्षिक कार्य सम्पादन सम्झौता गर्ने पनि बताएका छन् । 

मन्त्री भट्टराईले प्रत्येक महिनाको पहिलो हप्ता मासिक प्रगति समिक्षा र आउँदो महिनाको योजना पेश गर्न पनि कर्मचारीहरुलाई निर्देशन र्दिका छन् । उनले आन्तरिक बजेट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट सञ्चालन हुने निकाय र विकास समितिहरुलाई बजेट तथा कार्यक्रम साउन भित्र पास गर्न निर्देशन दिए ।

मन्त्री भट्टराईले भदौ १५ देखि होटल तथा रेष्टुरा खुल्ने हुदाँ स्वास्थ्य र सुरक्षा सम्बन्धि सावधानी अपनाउन सबै सरोकारवालाहरुसँग १० गते भित्र समूहगत छलफल गरी उपत्यकाका लागि पर्यटन विभाग र पर्यटन बोर्डले अनुगमन संयन्त्र निर्माण गर्नुपर्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved