जिल्लाका नेताहरुसँग मन्त्री भट्टराईले भने, ‘पार्टी जटिल अवस्थामा पुग्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2020 | 05:58:55 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले अहिले पार्टी अत्यन्तै जटिल अवस्थामा पुगेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी ताप्लेजुङका काठमाडौँमा उपलब्ध नेताहरुसँग छलफल तथा अन्तरक्रिया गर्दै मन्त्री भट्टराईले एकता जोगाउन नेतृत्वलाई सबैले आ–आफ्नो तहबाट परिस्थतिको बोध गराउन आग्रह समेत गरे । 

नेपाली कम्युनिष्ट आन्दोलनको सात दशक लामो अन्तरालपछि दुरगार्मी निर्णय भनेको नै पार्टी एकता भएको बताउँदै उनले ‘एकता जोगाउन कसैले छोड्न परे छोडौला लिन परे लिऔला’ भने । अहिलेको अवस्थामा जनताले नेकपालाई अभूतपूर्व अवसर दिएको भन्दै मन्त्री भट्टराईले एकता कायम राख्दै नागरिकले महशुस गर्ने गरी काम गर्नुपर्ने दायित्व रहेको बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved